Online News Portal

विद्युतीय अपराध अनुसन्धानका लागि युवराज पौडेल पक्राउ

काठमाडौँ । ‘युवराज सफल’ नामले चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पौडेललाई आज काठमाडौँबाट पक्राउ गरिएको हो।

महान्यायाधिवक्ता तथा महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालमार्फत तथ्यहीन आरोप लगाएको विषयमा अनुसन्धान गर्न पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई आजै अदालतमा उपस्थित गराई अनुसन्धानका लागि तीन दिनको म्याद लिइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते नै पौडेलमाथि अनुसन्धान तथा कारबाही गर्न पत्राचार गरेपछि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। हाल पौडेलविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.