Online News Portal

दुई पटक सूचना खुल्दा पनि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त परेन

काठमाडौँ :   सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक सूचना जारी गरिए पनि एकजनाले पनि आवेदन नदिएको खुलासा भएको छ। विश्वविद्यालयका लागि गठित सिफारिस समितिले पहिलो चरणमा कात्तिक १६ देखि ३० गतेसम्म आवेदन मागेको थियो। माग म्याद सकिएपछि समय थपेर मंसिर ५ गतेसम्म पुनः दरखास्त खोलिएको थियो। तर दुबै अवसरमा कसैले पनि निवेदन दर्ता गराएनन्।

उम्मेदवार नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन स्वयं सार्वजनिकरूपमा इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेका छन्।
‘दुई–दुई पटक विज्ञापन गर्दा पनि निवेदन नपरेकोले, देश र स्वास्थ्य शिक्षा क्षेत्रप्रति समर्पित, प्राध्यापक तथा विद्यावारिधी योग्यता भएका जो कोही इच्छुक हुनुहुन्छ भने कृपया आवेदन दिनूहोस्, आवश्यक परे मलाई सीधै सम्पर्क गर्नुहोस्,’ मन्त्री पुनले सामाजिक सञ्जालमार्फत अपील गरेका छन्।

गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण गरिएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ लागू भएपछि विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।

Advertisement

Click the button below to skip this ad and read the full article.