कोभिड–१९ सामग्री खरिदमा ३१ लाख हिनामिना, सात जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ स्वास्थ्य सामग्री खरिद प्रक्रियामा ३१ लाख १७ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा सात जना कर्मचारी र एक आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
हेटौँडास्थित स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा १३ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्दा न्यून कबोल गर्ने आपूर्तिकर्तालाई छोडेर उच्च मूल्य कबोल गर्ने जनमुखी हेल्थ इन्टरप्राइजेजसँग मिलेमतो गरी सम्झौता गरेको आयोगको निष्कर्ष छ।
यसरी सरकारी नियम उल्लंघन गर्दै गरिएको मनोमानीबाट ३१ लाखभन्दा बढीको हानि पुगेको आयोगको दाबी छ। मुद्दामा तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित सात अधिकारी, जनमुखी हेल्थ इन्टरप्राइजेज र उसका प्रोपाइटर नवराज श्रेष्ठलाई समावेश गरिएको छ। आयोगले सबै प्रतिवादीसँग बिगो रकम असुल–उपर माग गरेको छ।
समाचार सारांश: