झापामा प्रहरीको गोली प्रहार, दुई जना गम्भीर घाइते

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको बिर्तामोडमा मंगलबार जेनजेड (Gen Z) युवाहरूले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन्।
स्थानीय प्रशासनका अनुसार प्रदर्शन नियन्त्रण गर्ने क्रममा उत्पन्न परिस्थितिमा प्रहरीले गोली प्रहार गरेको हो। गोली दुबै जनाको पेटमा लागेको पुष्टि भएको छ, र उनीहरूलाई तत्कालै उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ।
घटनापछि क्षेत्र तनावपूर्ण बनेको छ। स्थानीय नागरिकले शान्तिपूर्ण आन्दोलनमा गोली प्रहार गर्नु अमानवीय भएको आरोप लगाएका छन् भने प्रशासनले भने आवश्यक भन्दा बढी बल प्रयोग भएको हो कि नभएकोबारे छानबिन हुने जनाएको छ।
यसअघि पनि झापामा विभिन्न मुद्दा उठाउँदै युवाहरूले प्रदर्शन गर्दै आएका छन्, तर मंगलबारको घटना हिंसात्मक मोड लिएको छ। सुरक्षा व्यवस्था थप कडा बनाइएको र थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।