Online News Portal

एएफसी महिला च्याम्पियन्स लिग : अन्तिम खेलमा एपीएफ आज अल नासरसँग भिड्दै

काठमाडौँ : एएफसी महिला च्याम्पियन्स लिग छनोट चरणमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आज आफ्नो अन्तिम खेल साउदी अरेबियाको अल नासरसँग खेल्ने भएको छ।

खेल उज्बेकिस्तानको क्वार्सीस्थित मैदानमा नेपाली समयअनुसार बेलुका ६:१५ बजे सुरु हुनेछ।

यसअघि खेलिएका दुवै खेलमा पराजित भएपछि एपीएफ प्रतियोगिताको प्रारम्भिक चरणमै बाहिरिने निश्चित भइसकेको छ। पहिलो खेलमा एपीएफ उज्बेकिस्तानको पीएफसी नासाफसँग र दोस्रो खेलमा थाइल्यान्डको कलेज अफ थाइ क्लब एसियन स्कलरसँग हारेको थियो।

यस वर्षको प्रतियोगितामा कुल १९ टोली सहभागी छन्। यी टोलीहरूलाई पाँच समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता मात्र अर्को चरणमा प्रवेश गर्नेछन्।

Advertisement

Click the button below to skip this ad and read the full article.