सुन तोलामा २ लाख ३ हजार ६ सय पुग्दै, अहिलेसम्मकै उच्च मूल्य

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार तोलाको २ लाख ६ सयमा कारोबार भएकोमा यो नयाँ रेकर्ड हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै आज तोलामा ६५ रुपैयाँले वृद्धि भई २४२५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।