Online News Portal

वीरगञ्जमा हैजा प्रभावित बिरामीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक अस्पतालमा

काठमाडाैं : गृहमन्त्री रमेश लेखक शनिबार साँझ वीरगञ्ज पुगेका छन्। उनले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्था र उपचारमा भइरहेको व्यवस्थाबारे जानकारी लिएका छन्।

हैजा फैलिँदै गएपछि गृहमन्त्री लेखकले महामारी नियन्त्रणका लागि तीनै सुरक्षा निकाय—नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट स्वास्थ्यकर्मी तथा आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय भएको बताएका छन्। उनका अनुसार माग भए अस्पताललाई औषधि, चिकित्सक टोली र उपकरण तत्काल उपलब्ध गराइनेछ।

“नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिइँदैन,” मन्त्री लेखकले अस्पताल प्रशासकहरूसँगको छलफलमा भने, “केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा निकायका चिकित्सक टोली पनि खटाइनेछ।”

उनले हैजा नियन्त्रणका लागि केवल उपचार मात्र नभई मूल कारण पत्ता लगाएर समाधान गर्नुपर्नेमा जोड दिए। यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई जना चिकित्सकलाई प्रत्यक्ष रुपमा महामारीग्रस्त क्षेत्रमा खटाइएको पनि गृहमन्त्री लेखकले जानकारी गराए।

Advertisement

Click the button below to skip this ad and read the full article.