Online News Portal

सुनको मूल्य उकालो – तोलामा १ लाख ९९ हजार ४ सय पुग्यो

काठमाडौँ :  नेपाली बजारमा शुक्रबार सुनको मूल्य निरन्तर उकालो लाग्दै झन्डै २ लाखको नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक हजारले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको हो।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ३१५ रुपैयाँ रहेको चाँदी शुक्रबार १० रुपैयाँले वृद्धि भई २ हजार ३२५ रुपैयाँमा कारोबार भएको हो।

हालको मूल्यवृद्धिले सुन बजारमा उत्साह देखिए पनि उपभोक्ता पक्षमा भने केही निराशा थपिएको छ। व्यापारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको हो।

 

Ask ChatGPT

Advertisement

Click the button below to skip this ad and read the full article.