Online News Portal

टि–२० अलराउण्डर सूचीमा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै दोस्रो स्थान हासिल गरेका हुन्।

यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेस सात स्थान खस्किँदै नवौं स्थानमा झरेपछि दीपेन्द्रले त्यो स्थान ओगटेका हुन्।

यद्यपि, ब्याटिङ वरीयतामा भने दीपेन्द्र र कप्तान रोहित कुमार पौडेलको स्थान घटेको छ। अर्कोतर्फ, नेपाली ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखको स्थानमा सुधार देखिएको छ।

बलिङतर्फ पनि नेपाली टोलीका स्पिनर ललित नारायण राजवंशीले दुई स्थान उक्लिँदै ५६औं स्थानमा नाम लेखाएका छन्।

यो प्रगति नेपाली क्रिकेटका लागि थप उत्साहजनक संकेत मानिएको छ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.