Online News Portal

गर्जाङ हाइड्रोले १० करोडको आईपीओ ल्याउँदै, व्यवस्थापन मुक्तिनाथ क्यापिटलसँग

प्रकाशित: २३ असार २०८२, सोमबार ०६:२५ | लेखक: मालिका खबर

काठमाडौं :  गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले रु. १० करोड बराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणमा निष्कासन गर्ने भएको छ। कम्पनीले ५० करोड रुपैयाँको जारी पूँजीको २० प्रतिशत हिस्सा अर्थात् १० लाख कित्ता सेयर रु. १०० अंकित मूल्यमा ल्याउने तयारी गरेको हो।

आईपीओ निष्कासनका लागि कम्पनी र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच प्रबन्धपत्र सम्झौता सम्पन्न भएको छ। सम्झौतामा गर्जाङ उपत्यकाका अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्।

अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि सेयर निष्कासन प्रक्रिया अगाडि बढाउने छ।

गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले रामेछाप जिल्लामा अवस्थित २.८३ मेगावाट क्षमताको रन-अफ-दि-रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ।