Online News Portal

सभापति खतिवडाको राजीनामा माग गर्दै एमाले सांसद गिरीको तीव्र आलोचना

प्रकाशित: १८ असार २०८२, बुधबार ०६:१९ | लेखक: मालिका खबर

काठमाडौँ : नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्। बुधबार बसेको समितिको बैठकमा सांसद गिरीले सभापति खतिवडासँगै समितिका सचिव सुरज दुराको पनि राजीनामा माग गरेका हुन्।

 

गिरीले दुवै जनालाई नैतिक जिम्मेवारीका आधारमा पदबाट अलग हुनु पर्ने तर्क गरे। उनका अनुसार खतिवडा र दुराले पदमा बसिरहनु “लज्जास्पद र घिनलाग्दो” कार्य हो। उनले दुवै जनाको भूमिका समितिको मर्यादासँग मेल नखाने भन्दै तत्काल राजीनामा दिनुपर्ने अडान राखे।

 

 

समितिको बैठकमा यो विषय उठेसँगै केही समय तनाबपूर्ण अवस्था पनि देखिएको थियो। यस विषयमा समितिबाट कुनै आधिकारिक निर्णय भने आउन बाँकी छ।