Online News Portal

एसईईपछि के पढ्ने र कहाँ पढ्ने? विद्यार्थी र अभिभावकको निर्णायक घडी

काठमाडौँ : २०८१ सालको एसईईमा ६१.८१% विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.९५% ले बढी हो। कुल ४ लाख ३८ हजार ८९६ मध्ये २ लाख ७१ हजार २९९ जना कक्षा ११ मा भर्ना योग्य भएका छन्। अब विद्यार्थीहरू आफ्नो शैक्षिक यात्रा, करिअर र जीवनशैलीको दिशानिर्णय गर्ने चरणमा पुगेका छन्।

यस निर्णायक मोडमा कुन विषय पढ्ने र कस्तो विद्यालय रोज्ने भन्ने प्रश्नले विद्यार्थी र अभिभावकलाई चिन्तित बनाएको छ। नेपालको शिक्षा नियमावली अनुसार, अब विद्यार्थीले विषय र परिस्थितिअनुसार विद्यालय परिवर्तन गर्न पाउने प्रावधान छ। त्यसैले विषय चयन र विद्यालय रोजाइमा विवेकपूर्ण निर्णय आवश्यक छ, किनभने यसले भविष्यको पेशा र जीवनशैलीमा गहिरो प्रभाव पार्छ।