Online News Portal

स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार, उपचार वीर अस्पतालमै जारी

प्रकाशित: १६ असार २०८२, सोमबार ०६:३८ | लेखक: मालिका खबर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल असार १४ गते अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए। अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएको छ। उनको उपचार अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्मा नेतृत्वको विशेषज्ञ टोलीको निगरानीमा भइरहेको छ।