Online News Portal

नबिल सस्टेनेबल बैंकिङ पाँचौं वर्षमा, ‘नबिल ग्रीन विक’ सुरु

काठमाडौँ : नबिल बैंकले दिगो बैंकिङ अभियान ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना भइरहेको छ, जसमा वातावरण, समाज र सुशासन (ESG) सम्बन्धी विविध कार्यक्रम र वेबिनारहरू हुनेछन्।

कार्यक्रममा GIZ नेपाल, सिम्पल इनर्जी, सिजी मोटर्स लगायतका संस्थाहरूका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहनेछ।
मुख्य छलफलका विषयहरूमा सोलार रुफटप समाधान, विद्युतीय सवारी, दिगो कृषि, ESG लगानीजस्ता क्षेत्र पर्नेछन्।

मुख्य उपलब्धिहरू:

११,१७२ टन ग्रीनहाउस ग्यास न्यूनीकरण।

२१ जिल्लाका ४३ जलविद्युत् परियोजनामा लगानी (३०७० मेगावाट)।

कृषि, इ–सवारी र महिला नेतृत्वमा आधारित उद्यममा लगानीद्वारा ४६ हजारभन्दा बढीलाई लाभ।

कृषि क्षेत्रमा ४५.३८ अर्ब, जलविद्युत् क्षेत्रमा ३१ अर्ब, साना उद्योगमा २५.०१ अर्ब लगानी।

विद्युतीय सवारी कर्जामा ४२.३६% लगानी।

डिजिटल बैंकिङ प्रयोगकर्ता १६ लाख नाघेका छन्।

७,५९० जनालाई वित्तीय साक्षरताको तालिम।

सामाजिक उत्तरदायित्व कार्यक्रमहरू:

नबिल एसइई कार्यक्रममार्फत ९०१ जनालाई तालिम, १,२०० रोजगारी सिर्जना।

वुमन इन मोसन, यु म्याटर, दिगो पाइला लगायतका अभियान।

नवीन पहलहरू:

वर्षाको पानी संकलन प्रणाली,

वैदेशिक रोजगार फर्किएकाहरूका लागि विशेष कर्जा योजना,

फोहोर व्यवस्थापन र ऊर्जा उत्पादन परियोजनाहरूमा लगानी।

नबिल बैंक अहिले देशभर २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ। यसले नेपालमा जिम्मेवार र दिगो बैंकिङ संस्कृतिलाई मजबुत बनाउँदै आइरहेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.