Online News Portal

वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ विमोचित, माओवादी द्वन्द्व र ग्रामीण यथार्थता समेटिएको

काठमाडौँ : स्याङ्जामा युवा लेखक तथा पत्रकार लक्ष्मण वियोगीको पहिलो कथासङ्ग्रह ‘सत्यम्’ को गृह विमोचन र विमर्श कार्यक्रम सम्पन्न भयो। स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, शान्ता थापा, शम्भु अर्याल लगायतका विशिष्ट व्यक्तिहरू सहभागी थिए।

‘सत्यम्’ मा माओवादी द्वन्द्वको पृष्ठभूमि, पारिवारिक विखण्डन, वैदेशिक रोजगारीको प्रभाव, वर्गीय पीडा, सामाजिक असमानता, ग्रामीण जीवनशैली, र स्याङ्जाली मौलिक संस्कृति झल्काइएको छ। पत्रकारिता पेसामा सक्रिय वियोगीले समाचारमा समेट्न नसकेका यथार्थहरूलाई कथा मार्फत उजागर गरेका छन्।

कार्यक्रममा विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गरे, जसको समीक्षा ध्रुवबन्धु पौडेलले गरे।

वियोगी विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् र अहिले ‘ऊर्जा खबर’ का सम्पादक हुन्। ‘सत्यम्’ मा समावेश १५ कथामध्ये ‘टाउको’ शीर्षकको कथा राष्ट्रिय प्रतियोगितामा दोस्रो भइसकेको हो। संग्रहको मूल्य ४५५ रुपैयाँ छ।

Advertisement

Click the button below to skip this ad and read the full article.