Online News Portal

क्लब विश्वकप अन्तिम–१६ मा इन्टर मियामी र पीएसजी आमनेसामने

प्रकाशित: १० असार २०८२, मंगलवार ०५:५४ | लेखक: मालिका खबर

काठमाडौँ : फिफा क्लब विश्वकप २०२५ को अन्तिम–१६ चरणमा अमेरिकी क्लब इन्टर मियामीले फ्रेन्च च्याम्पियन पीएसजी (पेरिस सेन्ट जर्मेन)सँग प्रतिस्पर्धा गर्ने भएको छ। मंगलबार पीएसजीले सेटल साउन्डर्सलाई २–० ले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थान हासिल गर्‍यो।
पीएसजीका लागि खभिचा काभारात्स्खेलिया र अक्रफ हाकिमीले गोल गरे।

त्यही दिन इन्टर मियामी भने ब्राजिलियन क्लब पाल्मेरससँग २–२ को बराबरीमा रोकिएको थियो। सुरुवातमा मियामीले २–० को अग्रता लिए पनि पाल्मेरसले पछि दुई गोल फर्काउँदै बराबरी गर्‍यो। यस नतिजाले समूह ‘ए’ विजेता बनेको पाल्मेरसले अब बोटाफोगासँग खेल्नेछ।