Online News Portal

चैते धान उत्पादन दोब्बर, बिक्री वितरणमा समस्या र किसानको गुनासो

काठमाडौँ : यस वर्ष चैते धानको उत्पादन करिब चार लाख मेट्रिकटन पुगेपछि बजारमा मागभन्दा आपूर्ति बढी भएको छ, जसका कारण बिक्री वितरणमा समस्या उत्पन्न भएको छ।

 

 

पछिल्लो वर्ष किसानले राम्रै आम्दानी गरेपछि यो वर्ष दोब्बर उत्पादन गरेका थिए। तर अहिले धानको बिक्री मूल्य घटेर प्रतिक्विन्टल रु १,८०० जति मात्रै हुन थालेको छ, जसले गर्दा किसानले लगानी पनि उठाउन नसकेको गुनासो गरेका छन्।

सरकारले समर्थन मूल्य रु २,८५८ तोकेको भए पनि अहिले त्यो मूल्यमा बिक्री हुन नसकेको बताइएको छ।

यही समस्यालाई सम्बोधन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत धान खरिद र भण्डारण गर्न पहल भइरहेको छ।

किसान महासंघका बलराम बाँस्कोटाले सरकारले तुरुन्तै विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.