Online News Portal

“आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्ड प्रयोग गर्दा १५% छुटको अफर”

काठमाडौं :  नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटीबीचको सम्झौताअनुसार एससीटी–यूपीआई कार्डका ग्राहकहरूले आईएमई हस्पिटालिटी ग्रुपका होटलहरूमा १५% सम्म छुट पाउने भएका छन्।

 

 

 

यो अफर २०२५ जुन १ देखि डिसेम्बर ३१ सम्म लागू हुनेछ र लाजिम्पाटस्थित होटेल ले हिमालय, साके एन्ड फेंग, पोखराको लेकसाइड रिट्रिटमा उपलब्ध हुनेछ। छुट फूड एन्ड बेभेरेज बिल तथा रुम महसुलमा लागू हुनेछ भने रुम महसुल छुट एइक् मा हुने कारोबारमा मात्रै हुनेछ।
एससीटीले हाल २१ वटा बैंक तथा १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत कार्ड जारी गर्दै आएको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अफर ल्याइएको हो। एससीटी–यूपीआई कार्ड नभएका ग्राहकहरूले आफ्नो नजिकको बैंकबाट कार्ड लिन सक्नेछन्।

Advertisement

Click the button below to skip this ad and read the full article.