Online News Portal

इलामको माङ्सेबुङमा विषालु च्याउ सेवन गर्दा दुई युवतीको मृत्यु

काठमाडौँ : इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका–५ मा जङ्गलबाट संकलन गरिएको विषालु च्याउ सेवन गर्दा दुई युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङ रहेका छन्। च्याउ खाएपछि उनीहरूमा वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखा परेपछि अस्पताल लगिएको थियो।

 

 

तर, उपचारका क्रममा दुबैको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ। सोही च्याउ सेवन गरेका धनराज साङ्बाङ गम्भीर घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

नेपालमा वर्षायाममा जङ्गलमा उम्रने च्याउहरू मध्ये केही विषालु हुने भएकाले, यस्ता च्याउको पहिचान नगरी सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। विशेषज्ञहरूका अनुसार विषालु च्याउ सेवन गरेपछि वान्ता, पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, र कलेजो तथा मिर्गौलामा असर पुग्ने जस्ता लक्षण देखिन्छन्। त्यसैले, जङ्गलबाट संकलन गरिएको च्याउ सेवन गर्दा विशेष सतर्कता अपनाउन आवश्यक छ।

Advertisement

Click the button below to skip this ad and read the full article.