Online News Portal

नेपाली जुडो टोली ढाका प्रस्थान, बीकेएसपी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ : नेपाली जुडो टोली १४ सदस्यीय टोलीसहित बंगलादेशको ढाका प्रस्थान गरेको छ। टोलीमा १२ खेलाडी छन्, जसमा ७ पुरुष र ५ महिला खेलाडी छन्। उनीहरूले मे २५ देखि २६ सम्म हुने बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

पुरुष खेलाडीहरू:

रिवाज लामा तामाङ (४५ केजीमुनि)

सभर पौडेल (५० केजीमुनि)

बुद्ध गुरुङ (५५ केजीमुनि)

सविनकुमार दियाली (६० केजीमुनि)

विशेष विक (६६ केजीमुनि)

प्रयास तामाङ (७३ केजीमुनि)

विज्ञान तिखत्री (७३ केजीमाथि)

महिला खेलाडीहरू:

समिता नेपाली (४४ केजीमुनि)

निशा श्रेष्ठ (४८ केजीमुनि)

विनिता नेपाली (५२ केजीमुनि)

पेमा याङ्जी शेर्पा (५७ केजीमुनि)

रेखा श्रेष्ठ (६३ केजीमुनि)

टोलीमा समिता, निशा, विनिता, पेमा र सविन पाम (बन्दी सहायता नियोग) का खेलाडी हुन्। प्रशिक्षकहरूमा राधादेवी राई र लक्ष्मी तामाङ छन्। राधादेवी राई प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.