Online News Portal

“साङ्लोबाट स्वतन्त्रता: जोगेश्वर ठाकुरको पुनर्जन्मको कथा”

काठमाडौँ : पर्सा जिल्लाको कलैया उपमहानगरपालिका–१८, मोतिसरका ४७ वर्षीय जोगेश्वर ठाकुरले मानसिक रोगका कारण ७ वर्षसम्म गोठमा साङ्लोले बाँधिएर नारकीय जीवन बिताए। परिवारले नेपालदेखि भारतसम्म उपचार गराउँदा पनि सुधार नआएपछि अन्ततः उनलाई साङ्लोले बाँधेर राख्न बाध्य भए।

 

 

 

२०७४ साल असारमा मानव सेवा आश्रम वीरगञ्जले उनको अवस्था थाहा पाएपछि उद्धार गरी आश्रममा राख्यो। मानसिक रोग विशेषज्ञ डा. भरत गोइतको उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। ठिक भएपछि उनलाई परिवारसँग पुनर्मिलन गराइयो।

हाल जोगेश्वर पुनः काठको मिस्त्रीको काम गर्दैछन्, करेसाबारीमा तरकारी गोडमेल गर्छन् र छरछिमेकीसँग भलाकुसारी गर्छन्। उनको आक्रामकता पूर्ण रूपमा हराएको छ। पत्नी सुदामा देवी पनि पतिको सुधारबाट खुशी छन्।

मानव सेवा आश्रमले २०७६ साल जेठ १५ मा स्थापना भएको वीरगञ्ज शाखाबाट हालसम्म २७६ जनाको उद्धार गरेको छ, जसमा ९७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ। यो आश्रम नेपालभरि सहयोगापेक्षी, बेसहारा र मानसिक समस्या भएका व्यक्तिहरूको उद्धार, उपचार र पुनःस्थापनामा सक्रिय छ।