Online News Portal

एन्जिलाको कप्तानीमा ३१ सदस्यीय नेपाली महिला फुटबल टोली घोषणा, राजेन्द्र तामाङ पुनः मुख्य प्रशिक्षक

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग हुने मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरेको छ। टोलीको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन्, भने राजेन्द्र तामाङ पुनः मुख्य प्रशिक्षकको भूमिकामा फर्किएका छन्।

 

टोली विवरण:

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, लिला जोशी

डिफेन्डर: गीता राना, निशा ठोकर, अमृता जैशी, पूजा राना, बिमला बिक, मनमाया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी, सविना चौधरी

मिडफिल्डर: रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, हिमा राउट, तुलसा बोहरा, बिला चौधरी, अनिता बस्नेत, सबिता राना मगर, सुष्मा तामाङ

स्ट्राइकर: सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, मिना देउवा, ममता पुन, पूर्णिमा राई

थाइल्याण्डसँगको पहिलो अभ्यास म्याच ३० मेमा र आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच २ जुनमा हुनेछ। यी खेलहरू आगामी एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको तयारीका रूपमा महत्वपूर्ण मानिएका छन्, जसमा नेपालले लाओस, श्रीलंका र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

Advertisement

Click the button below to skip this ad and read the full article.