Online News Portal

कागेश्वरी मनोहरामा ‘क्लब गल्फ भ्याली’ एकेडेमी सञ्चालनमा, सर्वसाधारणका लागि सुपथ दरमा गल्फ प्रशिक्षण

प्रकाशित: २९ बैशाख २०८२, सोमबार ११:०६ | लेखक: मालिका खबर

काठमाडौँ : काठमाडौंको कागेश्वरी मनोहरामा राधेश्याम थापाले ‘क्लब गल्फ भ्याली’ नामक नयाँ गल्फ एकेडेमी सञ्चालनमा ल्याएका छन्।

 

 

५० यार्ड क्षेत्रफलमा फैलिएको यो एकेडेमीमा थापाले युवा खेलाडीलाई सुलभ मूल्यमा गल्फ सिकाउने लक्ष्य लिएका छन्। उनका अनुसार, सर्वसाधारणले पनि एकेडेमीमा आएर गल्फ सिक्न सक्नेछन्। थापाले आफ्नो गल्फ एकेडेमीमा नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छन्। महँगो खेल भनेर चिनिने गल्फमा सर्वसाधारणको समेत पहुँच बढाउन एकेडेमी महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्।