Online News Portal

दाङका महेन्द्र खड्काको तरकारीखेती: वार्षिक दुई करोड आम्दानी, ३८ जनालाई रोजगारी

प्रकाशित: २८ बैशाख २०८२, आईतवार ०६:३८ | लेखक: मालिका खबर

काठमाडौँ : दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रोल्पा रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले १३ बिघा भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले बोडी, काँक्रा, करेला, टमाटर लगायतका तरकारी उत्पादन गर्दै वार्षिक दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। यस व्यवसायबाट उनले ३८ स्थानीयलाई रोजगारी दिएका छन्।

 

 

 

खड्काले १० वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। सुरुमा थोरै मात्रामा खेती गरे पनि आधुनिक प्रविधिको प्रयोग र अनुभवले उत्पादन वृद्धि भएको छ। उनले वार्षिक आम्दानीको ३५ प्रतिशत बचत गर्दै आएका छन्, र भाडाको जग्गाको लागि वार्षिक पाँच लाख रुपैयाँ तिर्छन्।

स्थानीय गीता महरा र रञ्जिता चौधरीजस्ता महिलाहरू फार्ममा काम गरेर घर खर्चमा सहयोग पुर्‍याउँदै छन्। खड्काले भविष्यमा व्यवसाय विस्तार गर्ने योजना बनाएका छन्। स्थानीय अगुवाहरूले स्वदेशमै उत्पादन र रोजगारी बढाउन तीनै तहका सरकारलाई तरकारी खेतीमा प्रोत्साहन दिन सुझाव दिएका छन्।