Online News Portal

जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लाई ‘उत्तम शान्ति पुरस्कार’ प्राप्त

काठमाडौँ : साहित्यकार जीवा लामिछानेको कृति ‘अक्षत अन्टार्कटिका’ लाई २०७९ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ। ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले उक्त पुरस्कार एक लाख रुपैयाँ नगद र ताम्रपत्रसहित प्रदान गर्ने घोषणा गरेको हो।

 

 

पुरस्कार चयन समितिले लामिछानेको कृतिलाई ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमान्चक यात्रावृतान्तमार्फत पर्यावरणजस्तो अहिलेको विश्वको सबैभन्दा सरोकारको विषयलाई सशक्तताका साथ बहसको विषय बनाउन सफल भएको’ भन्दै पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ। यसअघि यस पुरस्कारबाट मन्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भुपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरबबहादुर थापा, झमक घिमिरे, रवीन्द्र समीर, परशु प्रधान, देवेन्द्र भटटराई, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यास लगायतले यो पुरस्कार प्राप्त गरिसकेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.