Online News Portal

“बानेश्वरमा शिक्षक आन्दोलन: प्रहरी र प्रदर्शनकारीबीच झडप, पानीको फोहोरा प्रहार”

काठमाडौँ : काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनदेखि आन्दोलनरत शिक्षकहरू र प्रहरीबीच आज झडप भएको छ।

 

 

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताएका छन्। स्थिति अहिले नियन्त्रणमा रहेको र कुनै अप्रिय घटना नभएको जनाइएको छ। शिक्षकहरूले सरकारसँगको बार्ता विफल भएपछि बिहानैदेखि नयाँ बानेश्वर–माइतीघर सडक अवरुद्ध गरेका थिए।

Advertisement

Click the button below to skip this ad and read the full article.