Online News Portal

रामेछापको रजगाउँमा करेन्ट लाग्दा युवकको मृत्यु

काठमाडौँ : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-४, रजगाउँमा शनिबार साँझ करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

 

 

तामाकोशी नदीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा लिखु तामाकोशी गाउँपालिका-५ निवासी अन्दाजी २२ वर्षीय मणिराज तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.