Online News Portal

काठमाडौँको वायु प्रदूषण खतरनाक स्तरमा, घरबाहिर ननिस्कन सरकारको आग्रह

प्रकाशित: २० चैत्र २०८१, बिहीबार ०६:०१ | लेखक: मालिका खबर

काठमाडौँ : काठमाडौँ उपत्यकाको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। वातावरण विभागका अनुसार, एअर क्वालिटी इन्डेक्स (AQI) ३०८ पुगेको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ

 

प्रदूषणको मुख्य कारणहरूमा वन डढेलो, सवारी साधनबाट निस्कने धुवा, फोहोर जलाउने कार्य, र निर्माण कार्यहरूबाट उत्पन्न धुलो रहेका छन्。 यसले श्वासप्रश्वास सम्बन्धी समस्या, दम, फोक्सोको सङ्क्रमण, सुख्खा खोकी, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी, टाउको दुख्ने, र थकान जस्ता स्वास्थ्य समस्याहरू बढाएको छ。 सरकारले बालबालिका, वृद्धवृद्धा, र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सल्लाह दिएको छ。 बाहिर निस्कनै परेमा मास्कको प्रयोग गर्न, चस्मा लगाउन, र पुरै शरीर ढाक्ने कपडा लगाउन सुझाव दिइएको छ。 यसैगरी, फोहोर नजलाउने, सवारी साधनको नियमित मर्मत गर्ने, र सफा ऊर्जा प्रयोगमा जोड दिन अनुरोध गरिएको छ