Online News Portal

राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ, अनुसन्धान जारी

प्रकाशित: १८ चैत्र २०८१, मंगलवार ०८:१० | लेखक: मालिका खबर

काठमाडौँ : काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ।

 

 

पक्राउ परेका व्यक्तिहरूमा कुमार बस्नेत, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई लगायतका नाम छन्।

यसअघि पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत ४१ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूलाई म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको छ।