Online News Portal

संसद् बैठकमा सत्तापक्ष र विपक्षीको हंगामा, १५ मिनेटका लागि स्थगित

प्रकाशित: १६ चैत्र २०८१, आईतवार ०८:०९ | लेखक: मालिका खबर

काठमाडौँ : आइतबार प्रतिनिधिसभाको बैठक सत्तापक्ष र विपक्षी सांसदहरूबीचको विवादका कारण १५ मिनेटका लागि स्थगित भयो। बिहान ११:१५ बजे बोलाइएको बैठक करिब १ बजे सुरु भएलगत्तै दुवै पक्षबीच तीव्र बहस भयो।

 

 

सत्तापक्षले शुक्रबारको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको स्पष्टीकरण माग गर्दा, विपक्षीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्तिको विषयमा सरकारको जवाफ मागे। सभामुख देवराज घिमिरेले परिस्थितिलाई मध्यनजर गर्दै बैठक १५ मिनेटका लागि स्थगित गरे।