Online News Portal

राजनीतिक प्रभावमा मौद्रिक अनुभवबिहीन व्यक्ति गभर्नर बन्ने दौडमा

प्रकाशित: १५ चैत्र २०८१, शनिबार ०७:४७ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्दै गर्दा बैंकिङ तथा मौद्रिक क्षेत्रसँग कुनै साइनो नभएका व्यक्तिहरूलाई राजनीतिक पहुँच र प्रभावका आधारमा अघि सार्ने प्रयास भइरहेको छ। केही स्वार्थ समूहहरू बैंकिङ प्रणालीमा प्रभाव जमाउन खोजिरहेका छन्, जसले आर्थिक स्थिरतामा खतरा उत्पन्न गर्ने देखिन्छ।

 

 

विशेष गरी पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउन केही शक्तिशाली समूहहरू सक्रिय छन्, जसले अघिल्लो समयमा पनि जलविद्युत् माफियाहरूलाई फाइदा पुर्‍याउने नीतिगत चलखेल गरेको आरोप छ। धितोपत्र बोर्ड र बीमा प्राधिकरणमा पहिले नै प्रभाव जमाइसकेको यो समूह अब राष्ट्र बैंकलाई नियन्त्रण गर्ने योजनामा छ।