Online News Portal

काठमाडौं उपत्यकाको वायु प्रदूषण खतरनाक स्तरमा, शंखपार्क सर्वाधिक प्रभावित

काठमाडौँ : काठमाडौं उपत्यकाको वायु गुणस्तर अति अस्वस्थकर बनेको छ। शुक्रबार बिहान १० बजे वातावरण विभागले शंखपार्क क्षेत्रको वायु प्रदूषण (AQI) २०० मापन गरेको छ, जुन अत्यन्त हानिकारक मानिन्छ। भक्तपुर (AQI १९०), रत्नपार्क (१८४), भैँसेपाटी (१७६), र खुमलटार (१७२) का वायु गुणस्तर सूचकहरू पनि उच्च देखिएका छन्।

 

 

कैलालीको धनगढीमा समेत AQI १७८ पुगेको छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार २०१ भन्दा माथिको AQI ‘अति अस्वस्थकर’ मानिन्छ भने ३०० भन्दा बढी खतरनाक हुन्छ। यस्तो अवस्थामा विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई थप सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.