Online News Portal

संसद् बैठक अवरुद्ध: प्रदर्शनले सांसदहरूलाई सदन पुग्न कठिनाइ

प्रकाशित: १४ चैत्र २०८१, शुक्रबार ०७:२८ | लेखक: मालिका खबर

काठमाडौँ : काठमाडौंमा शुक्रबार भएको प्रदर्शनका कारण सांसदहरूलाई संसद् भवन पुग्न कठिनाइ भएको छ। निर्धारित समयमा प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन, भने राष्ट्रिय सभाको बैठक पनि प्रभावित भएको छ।

 

 

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध गरेका छन्। सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरे पनि समाधान निकाल्न सकिएको छैन। संसद्‌का दुवै सदनमा विधेयकहरू अगाडि बढाउने कार्यसूची रहे पनि बैठक सुचारु हुने सम्भावना न्यून देखिएको छ।