Online News Portal

अरुणिमा अभिनीत ‘घर बट इन अमेरिका’ ओटीटीमा प्रसारण हुने

काठमाडौँ : नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत सार्वजनिक हुने भएको छ। निर्देशक तथा अभिनेता बिमलेश अधिकारी निर्देशित सिरिज २०७८ सालको दोस्रो हप्ताबाट एकैसाथ १२ भाग प्रसारण हुने छ।

 

 

पूर्नतः अमेरिका भित्रै छायांकन गरिएको सिरिजले नेपालबाट छोरी भेट्न अमेरिका गएका आमाबुवा र लिभ-इन रिलेशनसिपमा रहेकी छोरी को कथालाई प्रस्तुत गर्नेछ।

यस सिरिजमार्फत अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा पुनरागमन गर्दैछिन्। साथै, सिरिजमा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, रोजिना थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईं ले लेखेका हुन्। रोशन घिमिरे निर्माता तथा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह-निर्माताहरू हुन्। छायांकन विक्रान्त मान श्रेष्ठ, सम्पादन मित्र डी गुरुङ, र रंग संयोजन कपिल पराजुली ले गरेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.