स्ववियु निर्वाचन रोक्न तालाबन्दी अनुचित: सचिव उपाध्याय

काठमाडौँ : शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव मदनराज उपाध्यायले स्ववियु निर्वाचन रोक्न तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्।
उनका अनुसार त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार मंगलबार निर्वाचन हुनुपर्ने थियो, तर विभिन्न संगठनहरूले विरोधस्वरूप तालाबन्दी गरेका छन्।
उपाध्यायले लोकतान्त्रिक प्रक्रियाअनुसार स्ववियु निर्वाचन अनिवार्य भएको बताउँदै क्याम्पस प्रशासन र निर्वाचन समितिलाई तत्काल प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। यदि निर्वाचन समिति असक्षम छ भने नयाँ समिति गठन गर्नुपर्ने उनको माग छ। साथै, उनले अन्य क्याम्पसहरूमा पनि अविलम्ब स्ववियु निर्वाचन गराउन आह्वान गरेका छन्।