Online News Portal

लागूऔषध कारोबार विवादमा पोखरामा खुँडा आक्रमण

प्रकाशित: ३ चैत्र २०८१, सोमबार ०४:३७ | लेखक: मालिका खबर

काठमाडौँ : पोखरा महानगरपालिका-१८ स्थित फेवाताल किनारको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडालमाथि खुँडा प्रहार भएको छ।

 

 

प्रहरीका अनुसार, लागूऔषध कारोबारसम्बन्धी विवादका कारण पोखरा-१७ विरौटा निवासी २२ वर्षीय मनिष ठकुरीले बडालमाथि खुँडा प्रहार गरेका हुन्। घाइते बडाललाई गण्डकी मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ। प्रहरीले ठकुरीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।