Online News Portal

प्रतिनिधिसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ स्वीकृत

प्रकाशित: २ चैत्र २०८१, आईतवार ०९:३५ | लेखक: मालिका खबर

काठमाडौँ : आइतबार, चैत ३, २०८१ मा बसेको प्रतिनिधिसभा बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ।

 

 

सभामुख देवराज घिमिरेले सांसदहरूलाई संशोधन प्रस्ताव राख्न समय खुला गरिएको जानकारी दिएका छन्, जसका लागि सिंहदरबारस्थित संसद् सचिवालयको विधेयक शाखामा सम्पर्क राख्न आग्रह गरिएको छ। यससँगै विधेयकमाथि थप छलफलको मार्ग प्रशस्त भएको छ।