मन्त्री गुरुङद्वारा राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्काल बन्द गर्न आग्रह

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डमार्फत हुने राजस्व सङ्कलन आफैं गर्न आग्रह गरेका छन्।

उनका अनुसार, ठेक्कामा लगाउने प्रथाका कारण वार्षिक करिब २० अर्ब रुपैयाँ राजस्व चुहावट भइरहेको छ। मन्त्री गुरुङले मेला महोत्सवमा हुने विज्ञापनबाटको राजस्व सङ्कलन पनि स्थानीय तहले नै गर्नुपर्नेमा जोड दिएका छन्। साथै, सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न विज्ञापन ऐन संशोधन प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिएका छन्।