Online News Portal

एमालेले अझै तिरेन जरिबाना, राप्रपाले २४ घण्टामै बुझायो १ लाख

काठमाडौँ : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा क्षति पुर्‍याउने तथा वातावरण प्रदूषण गर्ने कार्यक्रमहरूमा जरिबाना लगाउन थालेको छ।

 

मंसिर ७ गते नेकपा एमालेले दरबारमार्गमा मुख्य सडक अवरुद्ध गर्दै कार्यक्रम गरेको थियो, जसका कारण फोहोर भएको भन्दै महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिबाना तोकेको थियो। तर, एमालेले अहिलेसम्म जरिबाना तिरेको छैन।

त्यस्तै, राप्रपाले भने २४ घण्टा नबित्दै १ लाख रुपैयाँ जरिबाना बुझाइसकेको छ। मेयर बालेन शाहले नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.