Online News Portal

प्रधानमन्त्री ओली: मुलुकभित्रै रोजगारीका अवसर सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका

प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार ०८:४२ | लेखक: मालिका खबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको असाधारण महत्त्व रहेको बताएका छन्।

 

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ को उद्घाटन समारोहमा उनले उद्यमशीलताको विकास गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले विदेशी श्रम बजारमा निर्भरता घटाई स्वदेशमै रोजगारी सिर्जना गर्न विज्ञान तथा प्रविधिको अधिकतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए। साथै, उनले नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन दक्ष जनशक्ति निर्माण र स्थानीय रोजगारी अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।