Online News Portal

सरकार सञ्चालनमा कुनै अवरोध छैन: सभापति देउवा

प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार ०८:२१ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन्। धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले हालको गठबन्धन आगामी २०८४ सालसम्म कायम रहने स्पष्ट पारे।

 

 

राजतन्त्रको सम्भावनाबारे प्रश्न उठ्दा उनले त्यसलाई केवल हल्ला मात्र भएको भन्दै कुनै प्रभाव नपर्ने बताए। देउवा सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी सम्मेलनमा सहभागी हुन धनगढी पुगेका हुन्।