Online News Portal

भ्रष्टाचार अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न आवश्यक

काठमाडौँ : नेपालमा भ्रष्टाचार र आर्थिक अनियमितता अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापना भएका छन्। तर, यी निकायहरूमा परेको उजुरीहरूको प्रभावकारी अनुसन्धान र कारबाहीको अभावले सर्वसाधारणमा विश्वास घट्दै गएको छ।

 

 

विशेषगरी, सिन्सियर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध पटक–पटक उजुरी परे पनि कारबाही नभएको उदाहरण उल्लेखनीय छ। यसले यी निकायहरू राजनीतिक दबाबमा काम गरिरहेको आशंका बढाएको छ। यदि अख्तियार र सम्पत्ति शुद्धीकरणले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगर्ने हो भने, नेपाल अन्तर्राष्ट्रिय रूपमा थप समस्यामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

त्यसैले, भ्रष्टाचार अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न र यी निकायहरूको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिइएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.