Online News Portal

ओस्कर २०२५ विजेता घोषणा: ‘अनोरा’ सहित यी फिल्म र कलाकारले पाए अवार्ड

काठमाडौँ : अमेरिकाको लस एन्जलसमा सम्पन्न ओस्कर अवार्ड समारोहमा यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ ले पाँच विधामा अवार्ड जितेको छ। उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (शन बेकर), उत्कृष्ट अभिनेत्री (मिकी म्याडिसन), र उत्कृष्ट सम्पादन सहित फिल्मले महत्वपूर्ण सम्मान प्राप्त गर्‍यो।

‘द ब्रुटालिस्ट’ फिल्ममा उत्कृष्ट अभिनय गरेबापत एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड जिते भने, यसै फिल्मका लागि लोल क्राउलीले उत्कृष्ट छायांकनको पुरस्कार पाए।

‘एमिलिया पेरेज’ मा गरेको अभिनयका लागि जोई साल्दानाले आफ्नो पहिलो ओस्कर जित्दै उत्कृष्ट सह-अभिनेत्री बनिन्। अवार्ड स्वीकृत गर्दा भावुक बनेकी उनले आफू डोमिनिकन मूलकी पहिलो अमेरिकी विजेता भएको बताइन्।

यसैबीच, ब्राजिलियन फिल्म ‘आई एम स्टिल हियर’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर अवार्ड जित्यो। वास्तविक घटनामा आधारित यो फिल्म रुबेन्स पाइभाको बेपत्ताको कथामाथि निर्माण गरिएको हो।

‘ड्युन: पार्ट टु’ ले सर्वश्रेष्ठ ध्वनि र दृश्य प्रभाव विधामा दुई ओस्कर जित्दै उत्कृष्ट प्राविधिक उपलब्धि हासिल गर्‍यो।

Advertisement

Click the button below to skip this ad and read the full article.