Online News Portal

प्रधानमन्त्री ओली र पूर्व इटालियन कप्तान बुफनबीच भेट

प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार ०६:३६ | लेखक: मालिका खबर

काठमाडौँ: काठमाडौंमा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन समारोहका लागि नेपाल आएका इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रसिद्ध गोलरक्षक जियानलुइजी बुफनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

भेटघाट प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो, जसमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत उपस्थित थिए। फागुन ११ गतेदेखि सुरु भएको च्याम्पियनसिपको समापन आज साँझ दशरथ रंगशालामा हुनेछ।