Online News Portal

त्रिभुवन विमानस्थलबाट ३.७ किलो सुनसहित चार जना पक्राउ

प्रकाशित: १५ फाल्गुन २०८१, बिहीबार १०:२२ | लेखक: मालिका खबर

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले चार जना विदेशी नागरिकलाई करिब ३.७ किलो सुनसहित पक्राउ गरेको छ। फ्लाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई भन्सार जाँचपछि शंकास्पद गतिविधि देखिएपछि थप अनुसन्धान गर्दा उनीहरूबाट सुन बरामद भएको हो।

पक्राउ परेकाहरू उज्वेकिस्तानका नागरिक रहेको बताइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन्।