प्रकाशमान सिंहको चेतावनी: गुट–उपगुटकै कारण कांग्रेस कमजोर

काठमाडौँ :उपप्रधान एवं सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र गुट–उपगुटकै कारण कांग्रेस कमजोर भएको बताएका छन्। बाँकेमा आयोजित कार्यक्रममा उनले कांग्रेसको मुख्य ध्येय प्राप्त अधिकारको रक्षा गर्नु भएको उल्लेख गर्दै, नेता–कार्यकर्ताले पार्टीको सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए।
सिंहले अस्वस्थ प्रतिस्पर्धा र आन्तरिक विवादले पार्टीलाई कमजोर बनाउने भन्दै संगठन सुदृढ गर्नुपर्नेमा जोड दिए। प्राप्त अधिकारको संरक्षण नगरे देश अस्थिरतातर्फ जान सक्ने चेतावनी दिंदै, उनले राजनीतिक स्थिरताको आधारमा आर्थिक समृद्धि आवश्यक रहेको बताए।