Online News Portal

“भौतिक पूर्वाधारलाई मात्र विकास मान्नु खेदजनक: सुमना श्रेष्ठ”

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भौतिक पूर्वाधारलाई मात्र विकासको रूपमा बुझ्नु खेदजनक भएको बताएकी छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माणाधीन केवलकारको सन्दर्भमा बोल्नुपर्ने आवश्यकता औंल्याइन्।

 

श्रेष्ठले ताप्लेजुङबाट आएका भिडियोहरू भयावह रहेको उल्लेख गर्दै, भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने धारणा गलत भएको र लोकतन्त्रमा फरक मत राख्ने अधिकारलाई राजनीतिकर्मीहरूले दमन गर्नु लोकतन्त्रको मर्म विपरीत भएको बताइन्।

Advertisement

Click the button below to skip this ad and read the full article.