Online News Portal

सामाजिक सञ्जाल विधेयकमा स्वनियमनलाई प्राथमिकता नदिएको भन्दै महासचिव गुरुङको टिप्पणी

प्रकाशित: २६ माघ २०८१, शनिबार १३:०५ | लेखक: मालिका खबर

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकले नियन्त्रणभन्दा नियमनमा केन्द्रित हुनुपर्ने धारणा राखे।

 

 

साथै, संविधानले प्रत्याभूत गरेको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र गोपनीयताको अधिकारलाई क्षति नपुग्ने गरी कानुन बनाउनुपर्ने उनले उल्लेख गरे। गुरुङका अनुसार सरकारले मंसिर ११ गते निर्देशिका जारी गरेपश्चात विधेयकको प्रक्रिया अघि बढाए पनि हाल स्वनियमनलाई प्राथमिकता नदिएको देखिएको छ। उनले विधेयकमा जेल सजाय र भारी जरिवाना जस्ता प्रावधान संशोधन गर्नुपर्ने धारणा राखे।