Online News Portal

राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार हुने

काठमाडौं:  ज्ञान संस्कार इन्टरनेशनल स्कुल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार सम्पन्न हुने भएको छ।

 

 

बुधबार आयोजित पत्रकार सम्मेलनमा ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले प्रतियोगितामा करिब २०० खेलाडी सहभागी हुने जानकारी गराइन्। प्रतियोगिता यु–६, ६–८ वर्ष, ८–१० वर्ष, १०–१२ वर्ष, १२–१४ वर्ष र १४–१६ वर्ष उमेर समूहका छात्र/छात्रा गरी १२ स्पर्धामा हुनेछ।

प्रधानाध्यापक निलमका अनुसार नेपालमा स्केटिङ खेल लोकप्रिय बन्दै गएको छ। यस प्रतियोगिताले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन्। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्रदान गरिने जानकारी दिइन्।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले ज्ञान संस्कारसँग संघले पाँच वर्षको सम्झौता गरेको बताउँदै विद्यालयस्तरका प्रतियोगिताबाट राष्ट्रिय खेलाडी उत्पादनमा विशेष ध्यान दिइरहेको उल्लेख गरे।

एकदिने प्रतियोगिता सामाखुसीस्थित ज्ञान संस्कारको हातामा आयोजना हुनेछ।

Advertisement

Click the button below to skip this ad and read the full article.