Online News Portal

त्रिवेणी स्नान गर्न श्रद्धालुको घुइँचो

काठमाडौँ: स्वर्णभद्रा,पूर्णभद्रा र नारायणी नदीको संगम स्थल त्रिवेणीमा माघे ओैंसी स्नान गर्न श्रद्धालुको घुइँचो लागेको छ ।

 

 

नेपाल तथा छिमेकी देश भारतबाट आएका हजारौँ श्रद्धालुले यहाँको त्रिवेणी घाटमा स्नान गरी विभिन्न मठ मन्दिर परिक्रमा गरेका छन् ।श्रदालुहरूमा त्रिवेणी स्नान गरी जौ,तिल तथा गुणदान गर्नाले मनाेकांक्षा पूराभई अन्तत मोक्ष प्राप्त हुने विश्वास रही आएको छ ।

धार्मिक क्षेत्र त्रिवेणीमा गजेन्द्र मोक्ष दिव्य धाम, नागबाबा कुटी,केउलानी मन्दिर, वाल्मीकि आश्रम,बैकटेश मन्दिर, जटाशंकर,सीता पाताल प्रवेश स्थल,लवकुशले घाेडा बाधेकाे तवेला लगायतका पौराणिक मठ मन्दिर रहेका छन् ।

गण्डकी प्रदेशकै भारतसँग सीमा जोडिएको एक मात्र क्षेत्र त्रिवेणीधाम पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँ पालिका वडा नम्बर ६ र ७ मा पर्दछ ।

Advertisement

Click the button below to skip this ad and read the full article.